AarthikBikash
बुधबार, माघ ९, २०८१
  • होमपेज
  • राजनीति
  • सुप्रिम सहकारी ठगी प्रकरण: आज रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

सुप्रिम सहकारी ठगी प्रकरण: आज रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

  • बुधबार, माघ ९, २०८१
सुप्रिम सहकारी ठगी प्रकरण: आज रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार