AarthikBikash
बुधबार, माघ ९, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्वस्थ

  • बुधबार, माघ ९, २०८१
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि भेटघाट रोकिएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बताइएको छ ।

घाँटीमा समस्या आएकाले आराम गरिरहेको र आजका कुनै कार्यक्रममा सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए । आज चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सोही कारण बुधबार हल चोकमा आयोजना भएको २४औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार