काठमाडौं – सांसद डा. चन्दा कार्कीले नेपाल प्रहरी बिधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।
उनले गर्दा गरेको संशोधन प्रस्तावमा प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले वा उनको अनुपस्थितमा गृहमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गर्न भनिएको छ । हाल गृहसचिवले चिन्ह लगाउने प्रचलन छ ।
नेपाल प्रहरीसम्बन्धी विधेयकमा उनले पेस गरेको संशोधन अनुसार प्रहरी जवानको न्यूनतम योग्यता एसईई हुनुपर्ने र प्रहरी निरीक्षकको भर्ना लोक सेवा आयोगमार्फत हुने प्रस्ताव गरिएको छ ।
त्यस्तै, एसएसपीदेखि एआइजीसम्मको बढुवामा लोक सेवा आयोगको प्रतिनिधि सहित समिति गठन गर्ने र अन्य पदहरूको बढुवामा गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीहरू समावेश गर्ने प्रावधान राखिएको छ। विधेयकमा ५१ संशोधन दर्ता भएका छन् ।