काठमाडौं-वुमन्स डे कप २०२५ मा नेपाल युगान्डासँग पराजित भएको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा नेपालले खेलेको आफ्नो पाँचौं खेलमा युगान्डासँग ४० रनले पराजित भएको हो ।
९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो। नेपालका लागि कविता जशीले १२ र इन्दु बर्माले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो।
यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो। साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ। नेपाल अङ्क तालिकाको पुच्छारमा छ।