AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

  • आइतवार, चैत्र ३०, २०८१
ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर-भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडा नम्बर ३ सेतीबगरमा गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार