mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेस सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा छ : कोइराला

कांग्रेस सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा छ : कोइराला

  • सोमवार, बैशाख १, २०८२
कांग्रेस सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा छ : कोइराला

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताएका छन्। नयाँ वर्ष २०८२ शुभकामना दिँदै उनले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरेका छन्।

‘यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो। कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ। यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु।’ उनले भने, ‘एक पटक आफू र आफ्नो दलभन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ।’

वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ। ‘नेपाली राष्ट्रियता, धर्म-संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पुनर्जागरणकाल जगाउनुपर्नेछ। यो तबमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन्। कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता बिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन।’ कोइरालाले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भएझैँ कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा छ। र म त्यो देख्दैछु।’

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो हुने उनको तर्क छ। कोइरालाले भने, ‘कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन।’

सम्बन्धित समाचार