काठमाडौं-नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएको हो ।
सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डमा सरकार बाहिर रहँदाको कुण्डा प्रकट भइरहेको दाबी गरे।
उपमहासचिव ज्ञवालीले भने,‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता छ र औचित्य छ।’
सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए।