काठमाडौं-मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ । शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षाले मैदान ओसिलो हुँदा खेल अझै सुरु हुन नसकेको हो ।
आइसिसी यु-१९ पुरुष एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ। प्रतिष्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ। समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्ता नेपालभन्दा नेट रन रेटका आधारमा माथि छ।
आजको खेल जित्ने टोलीले सन् २०२५ मा हुने आइसिसी यु १९ विश्वकपमा स्थान पक्का गर्ने छ । नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।
त्यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।