AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • राजनीति
  • भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक

भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक

  • आइतवार, जेष्ठ ५, २०८२
भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक

काठमाडौं-भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले उपसमिति पुनर्गठन गरेको छ ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका योगेश भट्टराई नेतृत्वको उपसमितिले विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचारबारे छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि आज उपसमितिको पुनर्गठन गरिएको हो ।

भट्टराईमाथि निरन्तर प्रश्न उठेपछि उनले उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए।

त्यसैले आज बसेको उपसमितिको बैठकले संयोजक रहेको भट्टराईललाई हटाएर कांग्रेस सांसद मञ्जु खाणलाई संयोजक चयन गरेको हो।

सार्वजनिक लेखा समितिले गत वर्षको जेठ २७ गते नै निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालनमा आउन नसक्नुको पछाडि निर्माणमै त्रुटि रहेको ठहरसहित अनुगमन र अध्ययनका लागि उपसमिति गठन गरेको थियो।

यो विमानस्थल राष्ट्रिय गौरवको आयोजनासमेत हो। भैरहवा विमानस्थलको अनियमितता अध्ययन गर्न उपसमिति बनाएकै दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितताबारे छानबिन गर्न राप्रपाका सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति बनाइएको थियो।

उक्त उपसमितिले प्रतिवेदन बुझाइसकेको छ। तर उक्त प्रतिवेदनमा पनि प्रश्न भने उठ्दै आइरहेको छ।

तर, भैरहवा विमानस्थलबारे निर्माणमा त्रुटि, मुआब्जा निर्धारण र वितरणमा समस्या भएकोबारे प्रश्न उठे पनि भट्टराई नेतृत्वको उपसमिति यसविषयमा प्रवेश नै नगरी प्रतिवेदन बुझाएको थियो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको बताइएको छ।

निर्माणको लगानी सुरुमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड पुगेको थियो। यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको तथ्य बाहिर आएको छ ।

आज संयोजक बनेकी कांग्रेस सांसद मञ्जु खाँड यसअघि भुटानी शरणार्थी प्रकरणमा मुछिएकी थिइन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा खाँणलाई पैसा बुझाएको दाबी गरिएको सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।

यद्यपी उनले त्यसबेला नै उक्त अडियो झुटो भएको दावी गरेकी थिइन् । उक्त अडियोमा सांसद खाँणलाई ६ करोड रकम बुझाएको उल्लेख थियो ।

सम्बन्धित समाचार