AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गुठी विधेयक ल्याउन सांसद सापकोटाको आग्रह

गुठी विधेयक ल्याउन सांसद सापकोटाको आग्रह

  • सोमवार, जेष्ठ ६, २०८२
गुठी विधेयक ल्याउन सांसद सापकोटाको आग्रह

काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गुठीको समस्याबाट देशैभर लाखौं नागरिक प्रभावित रहेको भन्दै समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै सांसद सापकोटाले गुठी विधेयक ल्याएर समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

उनले भने–‘‘जसको चोट उसैलाई सोध’ भनेजस्तै गुठीको पीडा भोग्नेलाई बढ्ता थाहा छ । यो पीडाबाट देशैभरका लाखौं नागरिक प्रभावित बनेका छन् । यससँग सम्बन्धित समस्याको गहिरो अध्ययन गरी समस्या समाधानका लागि गुठी विधेयक ल्याउन म सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

उनले आफ्नो निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि गुठीका धेरै समस्या रहेको चर्चा गरे । सिन्धुपाल्चोकमा १४६ वटा नाममा गुठी दर्ता भएको उनले बताए ।

सम्बन्धित समाचार