काठमाडौं-अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको २०८२/०८३ को लागि तयार पारेको बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन् ।
उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले आज शीतल निवास पुगेर बजेटबारे ब्रिफिङ गरेका हुन् ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।
सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।