काठमाडौं-नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ ।
नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबारका लागि पेसी तोकिएको हो ।
रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ ।
पौडेल जेठ ६ गते गभर्नर नियुक्त भएका थिए ।