AarthikBikash
बिहिबार, जेष्ठ २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै

तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै

  • शुक्रबार, जेष्ठ १७, २०८२
तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ ।

पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ ।

यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार