кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, जेष्ठ २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • काठमाडौंमा पनि यातायात व्यवसायीको प्रदर्शन

काठमाडौंमा पनि यातायात व्यवसायीको प्रदर्शन

  • आइतवार, जेष्ठ १९, २०८२
काठमाडौंमा पनि यातायात व्यवसायीको प्रदर्शन

काठमाडौं-सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौमा विरोध प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि त्यसको विरोधमा संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन भएको हो ।

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंको माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् ।

यसअघि शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

यद्यपी आज पनि गण्डकी प्रदेशमा धेरै सार्वजनिक यातायात चलेका छैनन् ।

आन्दोलनरत व्यवसायीहरुले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार