кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, साउन २१, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • सोमबार काठमाडौं उपत्यका बन्द गर्ने राजावादीको घोषणा

सोमबार काठमाडौं उपत्यका बन्द गर्ने राजावादीको घोषणा

  • आइतवार, जेष्ठ १९, २०८२
सोमबार काठमाडौं उपत्यका बन्द गर्ने राजावादीको घोषणा

काठमाडौं राजसंस्थाको पुनर्स्थापना माग गर्दै आन्दोलनरत राजावादी समूहले सोमबारका लागि काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार उपत्यका बन्द गरिने जानकारी दिएका हुन् ।

सरकारले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै समितिले आन्दोलनको रणनीति परिवर्तन गर्न बाध्य भएको उल्लेख गरेको छ।

‘सरकारको बर्बर दमनको विरोधस्वरूप हामीले आन्दोलनको स्वरूप परिवर्तन गरेका छौं। यसैक्रममा सोमबार उपत्यका बन्दको घोषणा गर्दछौं,’ सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, आन्दोलनमा सहभागी हुने सबैलाई आफ्ना टोल, चोक र गल्लीहरूमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

यसअघि आइतबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहलगायत नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । राजावादी समूहले शान्तिपूर्ण आन्दोलनमा सहभागीहरूमाथि सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार