काठमाडौं-राजसंस्थासहित हिन्दू राज्यको माग राख्दै जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गरिरहेका राजावादीहरुले आजको आन्दोलन स्थगित गरेका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको जानकारी गराएका छन् ।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र तत्कालीन राजा बिरेन्द्रको वंश विनास भएको थियो ।
दरवारभित्र निधन भएका राजपरिवारहरूको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले बताए ।
सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएकाले कार्यक्रममा सहभागी हुन अनुरोध छ ।’