काठमाडौं-सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम गरेका यातायात व्यवसायी माग सम्बोधन गर्नका लागि सरकार र व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ ।
सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको गृहमन्त्रालयमा भएको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन भएको बताए ।
वार्ता कमिटीले आज दिनभरमा एउटा निचोड निकाल्ने र यातायात व्यवसायीहरूले पनि आन्दोलन फिर्ता लिने वातावरण बनाउने तयारीमा रहेको महासंघले जनाएको छ ।