काठमाडौं-सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक र एमाले, नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।
भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेका छन् ।
अडान निरन्तर राखेपछिप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा सोमबार छलफल गरेका थिए ।