काठमाडौं-सत्तारूढ दलले संसद खुलाउन आग्रह गरेपछि प्रतिपक्षी दल छलफलमा जुटेका छन् । संसद भवन नयाँबानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक बसिरहेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा आयोजित यो बैठकमा संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल भइरहेको बताइएको छ ।
विपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको नेताहरूले बताएका छन् ।
बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी छन् ।