AarthikBikash
शुक्रबार, जेष्ठ ३१, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • यात्रुहरूसँग बढी भाडा असुल्ने १५ इनड्राइभ राइडर कारबाहीमा

यात्रुहरूसँग बढी भाडा असुल्ने १५ इनड्राइभ राइडर कारबाहीमा

  • मङ्लबार, जेष्ठ २१, २०८२
यात्रुहरूसँग बढी भाडा असुल्ने १५ इनड्राइभ राइडर कारबाहीमा

पोखरा-यात्रुहरूसँग नियमनविपरीत बढी भाडा असुल गरेको आरोपमा नेपाल प्रहरीले इनड्राइभ एपमार्फत सेवा दिँदै आएका १५ जना राइडरलाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोमबार पोखराका विभिन्न स्थानहरूमा अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सवारी साधनसहित उनीहरूलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानपश्चात् यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कारबाही गरी छाडिएको जानकारी दिएको छ ।

सार्वजनिक यातायात बन्द रहेको मौकामा इनड्राइभ राइडरहरु महँगो भाडा असुली गरिरहेका छन् ।

सम्बन्धित समाचार