AarthikBikash
शनिबार, जेष्ठ ३२, २०८२
  • होमपेज
  • राजनीति
  • विपक्षी दलको तीन बुँदे अडान : गृहमन्त्रीको राजीनामा, छानबिन आयोगको माग

विपक्षी दलको तीन बुँदे अडान : गृहमन्त्रीको राजीनामा, छानबिन आयोगको माग

  • मङ्लबार, जेष्ठ २१, २०८२
विपक्षी दलको तीन बुँदे अडान : गृहमन्त्रीको राजीनामा, छानबिन आयोगको माग

काठमाडौं-भिजिट भिसा प्रकरणले चुलिएको बहसबीच प्रमुख प्रतिपक्षी दलहरूले मंगलबार ‘पहिलो चरण’को बैठकबाट तीनबुँदे निर्णय गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी विवादबारे गृहमन्त्रीको राजीनामासहित तीन बुँदे स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान यथावत राख्दै विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग पनि अघि सारेका छन् ।

बैठकमा नेपाली कांग्रेस, राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलका शीर्ष नेताहरू सहभागी थिए।

सम्बन्धित समाचार