кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, जेष्ठ ३०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

  • बुधबार, जेष्ठ २९, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं-पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन ।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको युट्युब च्यानलमा पोष्ट गरेका थिए ।

शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।

पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार