काठमाडौं-मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोला सुनको मूल्य एक लाख ९१ हजार ३०० रुपैयाँ र चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।