кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, जेष्ठ ३०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • रास्वपाको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

रास्वपाको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

  • बुधबार, जेष्ठ २९, २०८२
रास्वपाको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूको बैठक बसेका हुन् ।

रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली कांग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो ।

रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन् ।

सभामुखले पटकपटक दलहरुलाई छलफल गराए पनि निकास निस्किएको छैन ।

सम्बन्धित समाचार