AarthikBikash
शुक्रबार, जेष्ठ ३१, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने, यस्तो छ सम्भावित कार्यसूची

  • बिहिबार, जेष्ठ ३०, २०८२
प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बेठक बस्ने भएको हो ।

हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजसम्मका लागि स्थगित गरेका थिए।

हिजो अपराह्न १ बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरी दिउँसो ३ः१५ बजेबाट सुरु भएको बैठकलाई प्रतिपक्षले अवरोध गरेका थिए।

हिजोको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।

 

सम्बन्धित समाचार