mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • बैशाखमा भाँचिएको रामेछापस्थित तामाकोशीमा निर्माणाधीन पुल फेरि भाँचियो

बैशाखमा भाँचिएको रामेछापस्थित तामाकोशीमा निर्माणाधीन पुल फेरि भाँचियो

  • आइतवार, असार ८, २०८२
बैशाखमा भाँचिएको रामेछापस्थित तामाकोशीमा निर्माणाधीन पुल फेरि भाँचियो

रामेछाप-जिल्लको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल फेरि भाँचिएको छ। साढे २२ करोड लगानीमा बन्दै गरेको पक्की पुल भाँचिएको हो।

यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो। तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको हो ।

यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो। तर, कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुल पुनः भाँचिएपछि निर्माण नै अन्यौल बनेको छ ।

२०७७/७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो। कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडामा निर्माण भइरहेको थियो।

सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो।

उक्त रकम मध्ये करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिसकेको छ। यो पुल निर्माण पश्चात् काठमाडौँ रामेछापका लागि सहज यात्रा हुने आसा गरिएको थियो।

यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी, दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न वडा पुग्न सहज हुने विश्वास लिइएको थियो।

सम्बन्धित समाचार