काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।