mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • डीएसपी चन्द नेतृत्वको टोलीले समात्यो डेढ किलो चरेस, चार युवा पक्राउ

डीएसपी चन्द नेतृत्वको टोलीले समात्यो डेढ किलो चरेस, चार युवा पक्राउ

  • शुक्रबार, साउन १०, २०८२
डीएसपी चन्द नेतृत्वको टोलीले समात्यो डेढ किलो चरेस, चार युवा पक्राउ

कैलाली-कैलालीमा लागूऔषध चरेससहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरा रहेका छन् ।

प्रहरीका अनुसार ऐरी, भट्ट र बिकलाई गोदावरी नगरपालिका–१ भरतपुरमा शंकास्पद रूपमा हिँडिरहेका बेला चेकजाँच गर्दा उनीहरूबाट ४६९ ग्राम चरेस बरामद भएको हो ।

यता, बोहरालाई भने गोदावरी नगरपालिका–२ स्थित विपिन होटेलबाट नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई हाल हिरासतमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार