काठमाडौं-सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष हुने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरिएको हो ।
यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो भने, नवीकरण गरेपछि पनि थप ५ वर्षकै लागि मान्यता पाइन्थ्यो । नयाँ संशोधित व्यवस्थाले अब लाइसेन्स नवीकरणसहित १० वर्षसम्म मान्य हुने व्यवस्था गरेको छ ।
यसका साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण कार्यमा निजी क्षेत्रलाई पनि अनुमति दिने प्रावधान ऐनमा समावेश गरिएको छ।