кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • देशमा एकचोटि नयाँ विद्रोह आवश्यक छ, त्यसैका लागि बाँचिरहेको छु : प्रचण्ड

देशमा एकचोटि नयाँ विद्रोह आवश्यक छ, त्यसैका लागि बाँचिरहेको छु : प्रचण्ड

  • आइतवार, साउन १९, २०८२
देशमा एकचोटि नयाँ विद्रोह आवश्यक छ, त्यसैका लागि बाँचिरहेको छु : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताए ।आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जिवित रहनुको कारण अर्को क्रान्ति गर्न नै भएको उनको भनाइ छ ।

‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेकाछौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं । मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’

उनले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको बताउँदै यसमा पनि चलखेलहरु उनको भनाई छ । उनले भने–‘विषय अघि बढेको छ, तर यसमा पनि चलखेल भइराखेको छ । तिखो आँखाले हेरिरहनपर्छ । हामीले एकताबद्ध गरेनौं भने अप्ठेरो आउन सक्छ । म अपिल गर्छु ।’

सम्बन्धित समाचार