кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • समावेशीताले मात्रै महिलाको प्रतिनिधित्व बढ्दैन : प्रधानमन्त्री ओली

समावेशीताले मात्रै महिलाको प्रतिनिधित्व बढ्दैन : प्रधानमन्त्री ओली

  • आइतवार, साउन १९, २०८२
समावेशीताले मात्रै महिलाको प्रतिनिधित्व बढ्दैन : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गर्दै आएको समावेशीताको सिद्धान्तमाथि सार्वजनिकरूपमा प्रश्न उठाएका छन् । समावेशीताले महिलाको सशक्तिकरण नहुने उनले बताए ।

आज बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन गर्दै ओलीले समावेशीताको नीति अस्थायीमात्रै भएको बताए । उनले विभिन्न देशका दृaन्त दिँदै समावेशीताले मात्रै महिलाको प्रतिनिधित्व नबढ्ने तर्क गरे ।

कार्यक्रममा उनले भने–‘हामी कहिलेकाहीँ बहकिएर कुरा गर्छौँ । हामीले समावेशीताको अस्थायी व्यवस्था छौँ । जबसम्म सशक्तिकरण हुँदैन, महिलालाई सशक्तिकरण गर्दैनौं, समावेशीताले केही पनि हुँदैन । मैले कोस्टारिका हेर्‍या छु । हाम्रो डेलिगेसनमा दुई(तीनजना महिला थिए । उहाँहरूकोमा ८ जना । १० जनामध्ये ८ जना महिला थिए । त्यो संविधानमा राखेर भएको होइन । समावेशीताले ८ जना महिला पुर्‍याउँछ र ? धेरै भए ५ जना पुर्‍याउने हो । तर, क्षमता बढायो भने पुग्छ ।’

समावेशीताबाट डाक्टर र इन्जिनियर नबन्ने भन्दै उनले भने–‘केही देशहरूमा बेग्लै परिपाटी छ । उनीहरूले इम्पावर गरेका छन् । त्यसैले महिलाको प्रतिनिधित्व ५० प्रतिशतभन्दा बढी छ । डाक्टर, प्रोफेसर, नर्स यी सबै महिलाले कब्जा गरेका छन् । हेभी कामहरू त्यहाँ पुरुषले गर्छन् । क्युवामा महिला डाक्टरहरू धेरै छन् । प्रोफेसर छन् । डाक्टर प्रोफेसर महिलाकै पेसा जस्तो । त्यो कुनै समावेशीताबाट भएको होइन । समावेशीताबाट डाक्टर र इन्जिनियर हुँदैन । यो त राजनीतिक पदमा पुग्नमात्रै हो, कुनै कामको कुरा होइन । राम्ररी पढे भने महिला आफैँ अघि बढ्छन् । मुख्य कुरा मानव जातिमा कुनै पनि विभेद हुनु भएन ।’

कार्यक्रमा प्रधानमन्त्री ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको पनि दाबी गरे ।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेपछि ओलीले त्यसको प्रतिकार गरेका हुन् ।

त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले २०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताए ।

उनले भने–‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैं निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए । २१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’

उक्त चुनाव हुने बेलामा आफ्नो पार्टीको महासचिव माधव कुमार नेपाल रहेको र नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए ।

ओलीले भने–‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ,’ ओलीले थप प्रष्ट पार्दै भने, ‘एउटा साथी भेटियो उसले मैले तिर्छु भनेर खानाको पैसा पनि उसैले तिर्‍यो । २० रुपैयाँ बच्यो ।’

उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरे ।

सम्बन्धित समाचार