кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२

गल्ती गर्नेले आत्मालोचना गर्ने हो : प्रचण्ड

  • आइतवार, साउन १९, २०८२
गल्ती गर्नेले आत्मालोचना गर्ने हो : प्रचण्ड

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिए ।

त्यसअघि बोल्ने नेताहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्– ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा हो ।’

यसैबीच, उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताएका छन् ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उनका अनुसार, आजको बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राखेका थिए ।

सो क्रममा यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए ।

‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाईका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने–‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’

शर्माले खुला रुपमा पार्टीका समस्याबारे भनाइ राखेको पुनले बताए ।

सम्बन्धित समाचार