mega darknetmega darknet
AarthikBikash
बुधबार, साउन २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

  • बुधबार, साउन २९, २०८२
विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

विराटनगर-विराटनगरमा बालसुधार गृहमा झडप भएको छ।

विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो बालबालिका र प्रहरीबीच झडपमा  हुँदा स्थिति तनावपूर्ण बनेको हो ।

झडपका क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भने-‘घटना हाल नियन्त्रणमा आएको छ । दुई समूहबीच विवाद भएको देखिएको छ । सुधारगृहमा रहेका बालकहरूलाई अहिलेभित्र सुरक्षित रूपमा राख्ने काम भइरहेको छ ।’

सुर्ती खाएको आशंकामा प्रहरीले चेकजाँच गर्ने क्रममा  विवाद भएको थियो ।

अहिले अवस्था सामान्य रहेको र सुधार गृहमा थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सामान्यतया ५० जनाको क्षमता रहेको सुधारगृहमा हाल दुई सयभन्दा बढी बालक राखिएका छन् । झडपमा घाइते प्रहरी हवल्दारको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार