धनगढी-कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी एक महिला १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र १० महिनाकी छोरी अनुजा डंगौरा घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।
डंगौरा श्रीमान्, सासू र देवरदेउरानी स-परिवारसँगै घरमा बस्दै आएकी थिइन् ।
आरती बेपत्ता २९ साउनदेखि भएपछि खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो ।
खोजीको क्रममा मृत भेटिएका आमाछोरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।