काठमाडौं– सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा चल्ने विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीको रानीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।