mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सार्वभौमसत्ता जनताको हुन्छ, संघीयताको आवधिक समीक्षा गरौँ : वर्षमान पुन

सार्वभौमसत्ता जनताको हुन्छ, संघीयताको आवधिक समीक्षा गरौँ : वर्षमान पुन

  • बुधबार, भदौ १८, २०८२
सार्वभौमसत्ता जनताको हुन्छ, संघीयताको आवधिक समीक्षा गरौँ : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

गृहजिल्ला रोल्पास्थित संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा सम्बोधन गर्दै पुनले संघीयताका तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँट गरिएको बताए । पुनले भने- ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौमसत्ता जनताको हुन्छ । जनताले शासन गर्ने भन्ने कुरा स्वीकार गरेका छौं । लोकतान्त्रिक व्यवस्था तीन तहमा जनताका सार्वभौम अधिकारहरू बाँडफाँड गरेका छौँ ।’

उनले नेपालमा अवलम्बन गरिएको संघीयता सहकार्यमा आधारित भएको चर्चा गर्दै तीनै तहबीच सहकार्य, समन्वय र स्पष्ट कार्यविभाजन आवश्यक रहेको उल्लेख गरे । संविधानमा व्यवस्था भएअनुसार संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला भएको उनले बताए ।

सम्बन्धित समाचार