mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • यी प्रदेशका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान

यी प्रदेशका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान

  • बिहिबार, भदौ १९, २०८२
यी प्रदेशका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । जसको प्रभावले आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार