काठमाडौं– सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज सुरू गरेका छन्। उनीहरूले सुरक्षा घेरा निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार रलाठीचार्ज गर्न सरु गरेको हो । बानेश्वरतिर अघि बढेको जेनजी आन्दोलनमा हिंसात्मक स्थिति सिर्जना भएको छ। माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।