काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बसेको बैठकमा जेनजी पुस्ताको प्रदर्शनमा भएको हिंसात्मक घटनासम्बन्धी ब्रिफिङ दिएका छन् ।
प्रधानमन्त्री ओलीले उक्त प्रदर्शनमा बाह्य समूहको घुसपैठ भएको निष्कर्ष सुनाएका थिए ।
उनले भने, “जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काइएको हो, जसका कारण अप्रिय घटना घट्न पुगेको छ।”
प्रधानमन्त्रीको यो ब्रिफिङले हालको प्रदर्शन र सुरक्षाकर्मीको नियन्त्रण प्रयासबारेको अवस्था पार्टी र सरकारी निकायलाई स्पष्ट पार्ने उद्देश्य राखेको बताइएको छ ।
साथै गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् ।