mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मध्यरातमा सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदी भागे

मध्यरातमा सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदी भागे

  • बुधबार, भदौ २५, २०८२
मध्यरातमा सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदी भागे

काठमाडौं-गएराती सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि करिब ३३ सय कैदीबन्दी फरार भएको सूचना प्राप्त भएको छ ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् ।

भद्रबन्दी गृहमा एक सय जना, महिला बन्दी गृहमा एक सयको हाराहारीमा र सेन्ट्रेल कारागारमा करिब ३ सयको हाराहारीमा कैदी रहेको सुरक्षा स्रोतले जनाएको छ ।

भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी भने भागेको स्रोतले बतायो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

सहकारी ठगी प्रकणमा थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निस्किएपछि अन्य कैदी पनि भागेका थिए । रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए ।

जसका कारण जेनजीको आन्दोलनको मौका छोपेर नख्खुका सबै कैदीबन्दी भाग्न सफल भएका थिए।

प्रहरी उच्च स्रोतका अनुसार नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेका थिए ।

त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको र त्यसपछि नेपाली सेना कारागार पुग्दासम्म करिब ३३ सय कैदीबन्दी फरार भइसहेको बताइएको छ ।

विभिन्न अपराधमा सजाय काटिरहेका कैदीहरु प्रहरीलाई धम्क्याएर बाहिर आएपछि सर्वसाधारणमा आतंक फैलिएको छ । त्यतिमात्रै होइन कैदीहरु बाहिर आएसँगै पीडितहरु आतंकित बनेका छन् ।

कानूनी दायरामा आएका व्यक्तिहरु बाहिर आएपछि नेपालीहरुको महान पर्व दशैंको मुखमा समाजमा अर्को आतंकमा प्रवेश गरेको छ ।

राज्यको आधारभूत कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूतिको कर्तव्यबाट राज्य लगभग च्युत भएको छ । यतिबेला राज्य संयन्त्र सबै खलबलिएको र केही भए कोही कसैले उद्धार गर्ने, संरक्षण गर्ने र कानूनी दायरामा ल्याइहाल्ने अवस्था छैन ।

देशभर प्रहरीका सबै संरचना प्रभावहीन भएका छन् । प्रहरीले बोकेका हतियार लुटिएका छन् भने भौतिक संरचना जलेको अवस्था छ ।

अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी प्रशासन विफल भएको अवस्थामा सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको जिम्मेवारी कसले लिने हो भन्नेमा कोही जिम्मेवार छैनन् ।

सम्बन्धित समाचार