काठमाडौं-सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । उनका अनुसार अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् ।
हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । यो विषय अन्तर्राष्ट्रिय इस्यू बनिसकेका कारणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्ने भएको उनले बताए ।
यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजी प्रदर्शनका क्रममा देशभरी मृत्यु हुनेको संख्या ५१ पुगेको बताएका छन् । ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुने २१ जना प्रदर्शनकारी, कैदी, प्रहरी र अन्य गरेर ५१ जनाको मृत्यु भएको उनले बताए।
यसैगरि प्रर्दशनबाट १ हजार ७७१ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २८४ जना भर्ना भएर उपचार भइरहेको छ ।