काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४) बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गरेका छन् ।
जेनजी आन्दोलनले अघि सारेको मागअनुसार मुलुकलाई नयाँ जनादेशको बाटोमा लैजान उनी अन्तरिम सरकारको नेतृत्व गर्ने भएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ६१ मा उल्लेख भएअनुसार राष्ट्रपतिको प्रमुख कर्तव्य भनेको संविधानको पालना र संरक्षण गर्नु तथा राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हो । यही संवैधानिक प्रावधानलाई आधार मानेर कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
अन्तरिम सरकारको नेतृत्व गर्ने पहिलो महिला व्यक्तित्वका रूपमा कार्कीको यो नियुक्ति ऐतिहासिक मानिएको छ। देशलाई चुनावसम्म पु¥याउने, राजनीतिक स्थायित्व कायम गर्ने र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्ने जिम्मेवारी अब उनको काँधमा परेको छ।