काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन्।
तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ।
त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन्।
आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।
खनाललाई अर्थमन्त्रालय, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा घिसिङलाई ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।