काठमाडौं-नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले आजै शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनीसंगै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका गृह र कानूनमन्त्री ओम प्रकाश अर्यालले र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यसअघि पदभार ग्रहण गरिसकेका छन् ।
ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गरे लगत्तै पहिलो निर्णय समेत गरेका छन् । उनले विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।