mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी

  • मङ्लबार, अशोज ७, २०८२
विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई परीक्षाफल बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्न निर्देशन दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको तीनबुँदे निर्देशनमार्फत उनले ढिलासुस्ती गर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी दिएका छन् ।

मन्त्री पुनका अनुसार केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको अपूरणीय क्षति हुने गरेको छ ।

‘राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का पाँच लाख विद्यार्थीको परीक्षाफल तीन महिनाभित्रै निकाल्दा विश्वविद्यालयहरूले किन सक्दैनन् ?’ भन्दै उनले तुरुन्त सुधार गर्न आग्रह गरेका छन् ।

त्यसैगरी उनले देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षा अनिवार्य बनाउन हरेक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्नुपर्ने आवश्यकता औंल्याए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरलाई आकर्षक बनाउन पनि उनले निर्देशन दिएका छन् । उनका अनुसार विश्वविद्यालय हाताभित्रको ठूलो झाडी फाँडेर (ठूला रुख नकटाई) सफाइ गर्ने, बगैँचा र फुटपाथ निर्माण गर्ने कार्य त्वरित अघि बढाइनेछ ।

सम्बन्धित समाचार