AarthikBikash
बिहिबार, चैत्र १९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शिक्षक नियुक्तिमा साढे ४ लाख घुस लिने प्रधानाध्यापक अख्तियारको फन्दामा

शिक्षक नियुक्तिमा साढे ४ लाख घुस लिने प्रधानाध्यापक अख्तियारको फन्दामा

  • शनिबार, अशोज २५, २०८२
शिक्षक नियुक्तिमा साढे ४ लाख घुस लिने प्रधानाध्यापक अख्तियारको फन्दामा

रौतहट-रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जयकिसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जयप्रसाद शाह घुस प्रकरणमा पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रधानाध्यापक प्रसादले विद्यालयमा आज हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेका थिए ।

उनले विचौलियामार्फत ४ लाख ५० हजार रुपैयाँ घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम उनका सहयोगी अरविन्द प्रकाश साहकानुलाई बुझाएका थिए ।

उक्त रकम लिँदै गर्दा उनका सहयोगी साहकानु पनि अख्तियारको फन्दामा परेका छन् ।

स्रोतका अनुसार वीरगन्जका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए । र उनीसँगै रकम मागिएको सूचनाको आधारमा अख्तियारबाट खटिएको टोलीले वीरगंजस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार