mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २८, २०८२

पूर्वसभामुख महरामाथि आज थुनछेक बहस

  • मङ्लबार, अशोज २८, २०८२
पूर्वसभामुख महरामाथि आज थुनछेक बहस

काठमाडौं-पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरामाथि आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।

भेप सुन तस्करी प्रकरणमा महरालाई धरौटीमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने विषयमा अदालतले आज निर्णय गर्ने तयारी गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई पक्राउ गरेको थियो । विस्तृत अनुसन्धानपछि सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

महरामाथि भन्सार छली र संगठित अपराधमा संलग्न रहेको आरोप लगाइएको छ। सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्नेबारे आदेश सुनाउने छ।

सम्बन्धित समाचार