mega darknetmega darknet
AarthikBikash
बुधबार, अशोज २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

  • बुधबार, अशोज २९, २०८२
धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

धनकुटा-धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका ६ कि ५५ वर्षिया गंगा कार्की र महालक्ष्मी नगरपालिका -९ का ६० वर्षिय डिल्लीराम बराल रहेका छन्। कार्कीको घटनास्थलमै र बरालको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिए।

दुर्घटनामा अन्य ६ जना यात्रुहरू घाइते भएका छन्।

घाइते हुनेमा धनकुटा नगरपालिका-४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी-९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका-९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका-८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया-७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका-७ की सिर्जना जिमी रहेका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस उकालो टायर पड्किएर दुर्घटना भएको भनिए पनि दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सम्बन्धित समाचार