mega darknetmega darknet
AarthikBikash
बिहिबार, अशोज ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • आगामी निर्वाचनबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

आगामी निर्वाचनबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

  • बिहिबार, अशोज ३०, २०८२
आगामी निर्वाचनबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं-आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।

दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनाइएको थियो ।

उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन्।

निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल गर्न भनिएको छ ।

सम्बन्धित समाचार