mega darknetmega darknet
AarthikBikash
बिहिबार, अशोज ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनीयताको शपथ लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनीयताको शपथ लिँदै

  • बिहिबार, अशोज ३०, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनीयताको शपथ लिँदै

जनकपुरधाम-मधेश प्रदेशको नयाँ सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

बुधबार लोसपासहित पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो ।

सोनलको पद तथा गोपनियताको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुँदैछ।

बारा-४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए । आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन् ।

सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस) लाई एक एक मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ ।

यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।

त्यसपछि बुधवार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

सम्बन्धित समाचार